बाराही हाइड्रोपावर पब्लिकलाई बी माइनस रेटिङ

३ बर्ष अगाडि

काठमाडौं - इक्रा नेपालले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई  (इक्राएनपी–आईआर) बी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिन्छ । 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने रहेको इक्राले स्पष्ट पारेको छ ।  

रेटिङ पर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । 

यसको अर्थ (इक्राएनपी–आईआर) बी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ । जब कि (इक्राएनपी–आईआर) बी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया