अन्तर्राष्ट्रिय नारी दिवस : नेपाल बैंकले ल्यायो निःशुल्क लकर सुविधासहित १० लाखको दुर्घटना बीमा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ सुविधाहरु रहेका छन् । 

१० लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भए पनि मुद्दति निक्षेपसरहको उच्चतम ब्याजदर रहेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया