काठमाडौं - नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ ।
नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुकालागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ । प्रयोगकर्ताले यो कार्ड पिओएस (एइक्) वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् ।
यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ । नबिल एफडी कार्ड योजनाले मुद्दतीनिक्षेप खातावालरग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्तगर्न मिल्ने विकल्परसुबिधा प्रदान गरेको छ ।
उक्त योजना अन्तर्गत २ लाख प्रतिकार्ड सिमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशत सम्म कार्ड सिमा प्राप्त गर्न सकिनेछ । यो मुद्धती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दतीनिक्षेपमा ११.०३५ का दरले ब्याज समेत आर्जन गर्न सक्नेछन् ।
प्रतिक्रिया