मलेसियामा गैरकानूनी रुपमा बसेका १६ नेपालीसहित ८६ विदेशी कामदार पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - मलेसियामा गैरकानूनी रुपमा बसेका १६ जना नेपाली कामदार पक्राउ परेका छन् । जोहरबारू क्षेत्रमा गैरकानूनी रूपमा बसेका विदेशी कामदारविरूद्ध गरिएको धरपकडमा नेपालीसहित ८६ जना विदेशी कामदार पक्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मलेसियाको प्रहरीले जोहरबारूको सेनाई औद्योगिक क्षेत्रमा गैरकानूनी कामदारविरुद्ध आइतबार रातिदेखि अपरेसन शुरू गरेकोे बताइएको छ । मलेसियामा प्रहरीले विगत एक महिनादेखि गैरकानूनी हैसियतले बसेका आप्रवासी कामदारका बारेमा निगरानी गरेकोे पनि स्थानीय  सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पक्राउ परेकालाई थप कारबाहीका लागि स्थानीय सेतिया ट्रोपीको अध्यागमन कार्यालयमा राखिएको बताइएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया