५ बीमा कम्पनीले बोलायो साधारण सभा, कुन-कुनले गर्दैछन् लाभांश पारित ?

४ बर्ष अगाडि

विभिन्न ५ वटा बीमा कम्पनीहरूको वार्षिक साधारण सभा हुँदै छ । सिटिजन लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा हुन लागेको हो । 

१. सिटिजन लाईफ इन्स्योरेन्स 
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा चैत्र १२ गते अलोफ्ट ठमेल काठमाडौँमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ ।

 सभामा संस्थाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्ने लगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

२. नेको इन्स्योरेन्स 
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारण सभा चैत्र ९ गते कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत्र ६ गते होटल रेडिसन, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

४. हिमालयन जनरल इन्स्योरेन्स 
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा फागुन ३० गते कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६।६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १६ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. नेशनल लाइफ इन्स्योरेन्स 
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया