नाष्टका उपकुलपति श्रेष्ठ: पदभार ग्रहण

७ बर्ष अगाडि

ललितपुर – प्राज्ञ डा सुनिलबाबु श्रेष्ठले आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को उपकुलपतिको पदभार ग्रहण गर्नुभएको छ । 

यही माघ २ गते नियुक्त हुनुभएका श्रेष्ठले आज नाष्टको उपकुलपतिको पदभार ग्रहण गर्नुभएको हो । उहाँ चार वर्षका लागि नियुक्ति हुनुभएको हो । 

श्रेष्ठले पदबहाली गरेसँगै ‘विज्ञान समाजका लागि’ भन्ने मूल नाराका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै दुई महीनाभित्र नाष्टको रणनीतिक योजना बनाउने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “विज्ञानमा युवा र महिलालाई केन्द्रीत गराउने तथा नाष्टमा वैज्ञानिक परियोजना केन्द्र निर्माण गरी वैज्ञानिक परम्परागत प्रविधिको खोजी गर्ने छु ।” 

कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले नाष्टलाई वैज्ञानिक क्षेत्रको उत्कृष्ठ केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया