काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आकर्षक अफर सहित“टाटा मोटर्सको धमाका” नामक योजना ल्याएको छ।
माघ १८ गते देखि लागू भएको यो योजना फाल्गुण १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो। तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ ।
यो योजनामा नगद खरिदमा विशेष छुट देखि क्यास ब्याक अफर तथा सरल किस्ताको सुविधा रहेको कम्पनीले बताएको छ। त्यस्तै एक्सचेन्जको आकर्षक सुविधासमेत छ।
प्रतिक्रिया