वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कति/कति ?

४ बर्ष अगाडि

काठमाडौं- एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार पछिल्लो एक साता (फागुन १४ गते देखि २० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो।

योसँगै फागुन २० गतेसम्म वाणिज्यहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। 

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया