एशियन लाइफद्धारा ३ लाख मृत्यु दाबी रकम भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं-एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ 

कम्पनीले रत्ननगर–०८, चितवन निवासी बिजय चौधरीको घरमै गई एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाको चेक हस्तान्तरण गरेकोे हो ।

प्रमुख अतिथी रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत रहेको उक्त कार्यक्रममा दावी वापतको रकम मृतकका परिवार, आफन्त, स्थानिय समाजसेवी, अभिकर्ता र कम्पनीका पदाधिकारी लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रमाा नारायणगढ शाखाका प्रमुख अबिशेष चापागाईले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनीले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुक्तानी गर्दे आएको बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया