‘टी प्लस टू’ मा कारोबार सेटलमेन्ट नगर्ने ब्रोकर कारवार्हीमा

४ बर्ष अगाडि

काठमाडौं, धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कारोबार भएको दिन बाहेक दुई कार्य दिन ‘टी प्लस टू’ भित्र सम्पन्न नगर्ने ब्रोकर कम्पनी कारवार्हीमा पर्ने भएका छन् ।

पहिलो पटक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ‘टी प्लस टू’ मा सेटलमेन्ट नगर्ने ब्रोकर भेटिए तुरुन्तै कारबाही गर्ने बताएका हुन् ।

लगानीकर्ताको धितोपत्र बिक्रीको रकम समयमा नै भुक्तानी नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए कारबाहीको दायरामा ल्याउने बताउँदै उनले भने, “धितोपत्र दलालहरुले धितोपत्र खरीद बिक्रीको रकम लगानीकर्तालाई पैसा ब्रोकरहरुले जानेर वा अन्जानमा होस् ‘टी प्लस टू’ मा सेटलमेन्ट नगर्ने, त्यो पैसा अन्यत्र लगानी गरिदिने र अनेक बाहनामा एक महिनापछि सैसा दिन थालेभने राम्रो भएन । हामीले त्यसलाई कारवार्ही गर्नुपर्यो ।”

साना लगानिकर्ताको हितका लागि बोर्डले कुनै पनि इस्यू, नियमावली, सुपरिवेक्षेण सबैमा साना लगानीकर्ताको अप्ठेरो पर्ने, ठगिने नहुुनु आजको आवश्यक भएको उनको भनाई छ ।

यस्तै उनले धितोपत्र बजारमा रहेको विभिन्न शुल्कको विषयमा पनि गहन अध्ययन गर्ने बताए । लगानीकर्ता र मार्केट पार्टीसिपेन्ट दुबैलाई हित हुने मोडल अंगिकार गरिने उनको भनाई छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया