८६३८ जनाको परीक्षणमा ८८ जनामा संक्रमण,३७६ जना निको र कतिले लगाए खोप ?

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६३८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्याबराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ५९ हजार ४६९ पुगेको छ । 

यही अवधिमा १ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ४८ जनाको ज्यान गएको छ ।

नेपालमा अहिले ६  हजार १ सय ५० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३३  हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया