लगातार घटेको शेयर बजार सम्हालिने प्रयास गर्दै, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार झिनो अंकले बढेको छ । सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक पनि हरियो भएर बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ । नेप्से ०.०६ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१४ अंकले घटेर ४९२.२६ विन्दुमा झरेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका कूल २३० वटा कम्पनीको ५३ लाख १५ हजार २ सय ९२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ । 

यस्तै, सोमबार पनि कारोबारमा शिवम् सिमेन्ट नै अब्बल रहेको छ । कम्पनीको २७ करोड ६९ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ५.८९ प्रतिशतले बढेर ७ सय ३ रूपैयाँ पुगेको छ ।

यस दिन पाँचथर पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.९० प्रतिशतले घटेर ४ सय १८ रूपैयाँ कायम भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया