काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेममा पाँचथर पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको शेयरमूल्य ६.९० प्रतिशतले शेयरमूल्य घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३१ ले ओरालो लाग्दै रु.४१८ पुगेको छ ।
यस्तै, पञ्चकन्या माईको शेयरमूल्य ४.४७ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२९ पुगेको हो ।
यसैगरी, अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले घट्यो ?
प्रतिक्रिया