काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ ।
२ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्टको भएको छ । कम्पनीको आज २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनिटिसीको १२ करोड ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ६ लाख, एनआइसी एशिया बैंकको १० करोड ५० लाख र पाँचथर पावरको १० करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया