आइएमई जनरल इन्स्योरेन्सले दुर्घटनामा परेका सवारी साधनको उद्दार, मर्मत गरी घरमै पुर्‍याइदिने

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीले दुर्घटनामा परेका सवारी साधनको आफैले उद्दार सहित मर्मत सम्भार गरेर घरमै पुर्‍याइदिने भएको छ । दुर्घटनामा परेपछि बीमितले लिनु पर्ने तनाव तथा दाबी भुक्तानीका लागि बेहोर्नु पर्ने झण्झटलाई न्युनिकरण गर्ने यस्तो सेवाको शुभारम्भ गरेको हो ।

कम्पनीले आजै उद्घाटन गरेको ‘आइजिआइ इजि क्यासलेस क्लेम सेटलमेन्ट’ सेवा हाललाई काठमाडौं उपत्यका भित्र लागु हुनेछ । कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा लान सकिने कम्पनीले जनाएको छ । 

यस्तै लगिएको उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गर्ने भएकोले लामो दाबी प्रकृयालाई सहज, सरल र झन्झटमुक्त हुने कम्पनीले जनाएको छ ।

सवारी दुर्घटनामा परेका ग्राहकले कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बर, फोन, एसएमएस, भाइवर, ह्वाट्स एप मार्फत जानकारी गराउन सक्नेछन् । यस्तो जानकारी प्राप्त हुने वित्तीकै स्पार्क अटोकेयरले क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयरको सर्भिस सेन्टरसम्म लैजानेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया