हिमालयन रिइन्स्योरेन्सको खुद नाफा १२ करोड ४७ लाख बढी, खर्च १५१.८३ प्रतिशत वृद्धि

४ बर्ष अगाडि

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयन रिइन्स्योरेन्स लिमिटेडले १२ करोड ४७ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा ४ करोड ७६ लाखभन्दा बढी मात्र यो नाफा गरेको थियो । पहिलो त्रैमाससम्मको तुलनामा दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १६१.७२ प्रतिशत वृद्धि भएको हो । 

पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको आम्दानी १५७.७८ प्रतिशत र खर्च १५१.८३ प्रतिशत बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले २० करोड ४३ लाखभन्दा बढी आम्दानी गरेको हो भने ७ करोड ९५ लाखभन्दा बढी खर्च गरेको हो । 

नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा भित्रिएको यस कम्पनीले दोस्रो त्रैमाससम्म ३० करोड ५५ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ८ करोड ८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया