काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ । यसअनुसार शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी तथा व्यक्ति वा संस्थाले उक्त भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्न चाहानेले १५ दिनभित्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीमा सम्पर्क गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया