काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल कच्चा तेलको भाउ १३० डलर पुगेको छ ।
यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ भने तरल प्राकृतिक ग्यासको मूल्य पनि प्रति ब्यारेल ५ डलरभन्दामाथि पुगेको छ ।
रुस र युक्रेनको युद्धको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको दोस्रो ठूलो पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक हो । यही मुलुक छिमेकी युक्रेनसँग सैन्य भिडन्तमा उल्झेपछि पेट्रोलियम पदार्थको मूल्यले दिनदिनै नयाँ कीर्तिमानी मूल्य कायम गर्दैछ ।
प्रतिक्रिया