काठमाडौं - निर्जीवन बीमा व्यवसाय बागमति प्रदेशमा केन्द्रित भएको पाइएको छ ।
समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै १ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको ६३.०६ प्रतिशत हो ।
यस्तै, सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट संकलन भएको छ । कर्णाली प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले ३ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १.१५ प्रतिशत मात्रै हो ।
प्रतिक्रिया