कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा आउदै

४ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले फागुन ३० गतेबाट कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही योग्य व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।

बोलपत्र आउँदो चैत १४ गतेसम्म पेस गर्न सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया