प्रमुख गन्तव्य साउदीमा नेपाल वायुसेवा निगमले साताको तीन दिन व्यावसायिक उडान गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल वायुसेवा निगमले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने भएको छ । 

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि) लाई उडान अनुमति प्रदान गरेको सँगै ठूलो संख्यामा नेपाली कामदार रहेको साउदी अरबमा नेपाली ध्वजाबाहक जहाजको उडान सहज भएको हो । 

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन ९जेएसिए० ले आइतबार  नेवानिलाई आइतबार उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । 

यसैबीच नेवानिले आइतबार विज्ञप्ति जारी गरी काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया