काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ लाख २४ हजार ४५२ रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरिएको छ । गोरखाको धार्चे ४, लाप्राक निवासी सुन बहादुर गुरुङको परिवारलाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।
गुरुङको २०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भुक्तानीवापतको चेक बीमितको श्रीमति तेरता कुमारी गुरुङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया