विद्युत् नियमन आयोगले माग्यो अध्यक्ष र सदस्य, १५ दिनभित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ । 

अध्यक्ष, तीन सदस्य (एक महिलासहित)का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो ।

इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन परेकामध्ये कार्ययोजनाको मूल्याङ्कनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया