एजेन्सी - सन् २०२१ भरी भएको महाविपत्तीका कारण भएको क्षतिवापत बीमा कम्पनीलाई १०५ अर्ब अमेरिकी डलर (१ सय २८ खर्ब नेपाली रूपैयाँभन्दा बढी) घाटा भएको छ ।
गत डिसेम्बरमा वैश्विक पूनर्बीमा कम्पनी स्विस रिले प्रकाशन गरेको प्रतिवेदनका अनुसार प्राकृतिक विपत्ती र मानव सिर्जित विपत्तीका कारण विश्वव्यापीरूपमा बीमा कम्पनीहरूलाई उक्त घाटा भएको हो ।
स्वीस रिका अनुसार सन् १९७० पछि महाविपत्तीका कारण भएको क्षतिको हिसाबले यो चौथो उच्च बीमा घाटा हो । स्विस रिले २०२१ मा मानव निर्मित प्रकोपबाट बीमा कम्पनीलाइ ७ अर्ब डलर भन्दा बढी भएको अनुमान गरेको छ।
प्रतिक्रिया