एजेन्सी - दुई अमेरिकी वरिष्ठ सैनिकले सैनिकको लागी इयरप्लग उत्पादक थ्रीएमविरुद्ध दायर गरेको मुद्दामा कुल ११ करोड अमेरिकी डलर (१३ अर्ब ४७ करोड रूपैयाँ) क्षतिपूर्ती पाउने भएका छन् ।
इयरप्लग बाहिरी ध्वनी प्रदुषण रोक्नको लागी यूद्ध मैदान वा उच्च ध्वनी प्रदुषण हुने उद्योगका मजदुरले लगाउने उपकरण हो ।
फ्लोरिडाको उत्तरी जिल्लाको लागि अमेरिकी अदालतले गत साता गरेको फैसलामा त्रुटीपूर्ण उत्पादनको प्रयोगको कारण यूद्ध मैदानमा खटिएका सैनिकले श्रवणशक्ति पूर्णरूपमा गुमाएको विषयमा दायर भएको मुद्दामा फैसला सुनाउँदै क्षतिपूर्ती र जरिवाना गरेको हो ।
सैन्य प्रयोजनको लागी उपकरणहरूको उत्पादन र आपूर्ती गर्दै आएको थ्रीएम विरूद्ध फैसला गर्दै अदालतले दुइ सैनिकलाइ जनही १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ती र जनही ४ करोड अमेरिकी डलर दण्डात्मक क्षतिविरूद्ध उपलब्ध गराउनको लागी आदेश गरेको हो ।
अमेरिकी सैनिक रोनाल्ड स्लोन र विलियम वेम्यानले इराक र अफगानिस्तानमा तालिम र तिनीहरूको तैनातीका क्रममा इयरप्लगहरू प्रयोग गरेका बेला श्रवणशक्ति गुमाएका थिए ।
प्रतिक्रिया