प्रभु लाइफको बीमा सल्लाकारमा सन्तोष प्रसाई

४ बर्ष अगाडि

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सल्लाकारमा सन्तोष प्रसाई नियुक्त भएका छन् । यसअघि नेपाल लाइफमा सिईओबाट राजीनामा दिएका प्रसाई प्रभु लाइफको बीमा सल्लाकारमा नियुक्त भएका हुन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिले प्रसाईलाई कम्पनीको बीमा सल्लाकारको रुपमा कम्पनीमा आबद्ध गर्ने निर्णय गरेको थियो । उक्त प्रस्तावलाई बीमा समितिले आज पारित गरेको हो ।

प्रसाई विगत लामो समयदेखि बीमा क्षेत्रमा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमै सात वर्षको लामो अनुभव सम्हालेका छन् । नेपाल लाइफमा पाँच वर्षभन्दा बढि काम गरेका प्रसाई प्रभु लाइफमा आबद्ध भएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया