झापाको दमकमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

४ बर्ष अगाडि

काठमाडौं- बैंक अफ काठमाण्डूको दमक नगरपालिका वडा नं. ०५, दमक, स्थित दमक शाखाको फाल्गुण २२ गते सुरूवात भएको छ । एक समारोहका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका नगर उप–प्रमुख गिता अधिकारी,उद्योग वाणिज्य संघ, दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस, दमकका अध्यक्ष राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरेका थिए ।

उक्त कार्याक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरू रहेका छन् । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया