नेष्डो समृद्ध लघुवित्तको आईपीओको बाँडफाँड मंगलबार, भाग्यमानी कतिले पाउँदै शेयर ?

४ बर्ष अगाडि

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड मंगलबार बिहान हुने भएको छ ।

आईपीओ बाँडफाँडका मंगलबार बिहान ९ बजेपछि समय तालिका निर्धारण गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  क्यापिटलले आइतबार शेयर बाँडफाँडका लागि आइतबार आईपीओको प्रि अलमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ ।

लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते आइतबारसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल जारी सेयरमध्येबाट जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १२७ जनाबाट ३ करोड २ लाख २४ हजार २५० कित्ताका माग परेको छ । जुन सर्वसाधारणको लागि माग गरिएको तुलनामा ४० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जसमा ७७ हजार ४५३ जनाले मात्र आईपीओ हात पार्नेछन् भने बाँकी २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया