काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ।
संस्थाले १०० अंकित दर २ करोड ८९ लाख ४४ हजार रुपैयाँबराबरको कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने भएको हो।
साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच १००ः८० सेयर स्वाप रेसियो कायम हुने गरी आपसमा गाभिएका थिए। त्यसपछि संस्थाको कुल चुक्तापुँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँको २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि संस्थाको चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ पुगेको छ।
अब संस्थाले सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी जारी हुन बाँकी शेयर एफपीओद्वारा सर्वसाधारणमा जारी गर्न लागेको हो।
यसैबीच संस्थाले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया