निरन्तर ओरालो लागेको बजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए,कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो दिन नेपाली शेयर बजार सामान्य अंकले घटेको छ  । गत साता लगातार घटेको नेप्से परिसूचक आज ३.६६ अंकले घटेको हो । 

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । 

आज सो अंकले ओरालो लागेको शेयर बजारमा शिवम् सिमेन्टको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ७.११ प्रतिशत घटेर प्रतिकित्ताको मूल्य रु. १ हजार ८५ पुगेको छ । 

 त्यसैगरी, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.७७ प्रतिशत घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३३ ले घटेर रु.५३९ पुगेको हो। 

अन्य कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया