ओरालो यात्रालाई निरन्तरता दिदैँ शेयर बजार, कारोबार रकम पनि २ अर्बमा खुम्चियो

४ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ। अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले, यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ३.६६ अंक घटेर २५४३.३९ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन सेन्सेटिभ इण्डेक्स भने १.३१ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

नेप्से सामान्य घटेसँगै यस दिन कारोबार रकम साढे २ अर्बमा सीमित भएको छ। यस दिन २३० स्टकको ४५ हजार ६२२ पटकको कारोबारमा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको ५१ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ भने नेपाल ल्यूब आयलको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यता शिवम् सिमेन्टको शेयरमूल्य सर्वाधिक ७.११ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.७७ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङ्गको ०.२ प्रतिशत र होटल उपसमूहको ०.०५ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल लाइफको यस दिन १४ करोडभन्दा बढी र अपि पावरको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया