शिवम् सिमेन्टसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन नेपाली शेयर बजार सामान्य अंकले घटेको छ  ।  गत साता लगातार घटेको नेप्से परिसूचक आज ३.६६ अंकले घटेको हो । 

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको भएको छ । कम्पनीको शेयर आज खरिदबिक्री गर्न मिल्नेभएसँगै सर्वाधिक १५ करोड २२ लाख ८२ हजार २२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्यारेन्सको १४ करोड २७ लाख, अपि पावरको ११ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाख र एनटिसिको ८ करोड ३१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया