हाकुमा जलविद्युत् आयोजनाले वार्षिकरूपमा १।४५ करोड युनिट विद्युत् उत्पादन गर्ने, पाँच वर्षमा सम्पन्न गर्ने लक्ष

३ बर्ष अगाडि

काठमाडौं - रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१  जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ । 

त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।

वार्षिकरूपमा १.४५ करोड युनिट विद्युत्  उत्पादन हुने छ ।  प्रतियुनिट हिउँद याममा ८ रुपैयाँ ४० पैसा तथा वर्षायाममा ४ रुपैयाँ ४० पैसाका दरले खरिदबिक्री गर्ने  गरी प्राधिकरणसँंग पिपिए सम्झौता सम्पन्न भइसकेको बताइएको छ ।   

हिमपातका समयमा पानी जम्न गई जलप्रवाहमा कमी आउने भएका कारण  शरद्, हेमन्त र शिशिर ऋतुका समयमा भने  ५० प्रतिशत उत्पादन घट्ने  आयोजनाले जनाएको छ । पाँच वर्षमा आयोजनाको संरचना निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । 

उत्पादन शुरू भएपछि १० वर्षभित्र दातासँंग भएको सम्झौता बमोजिमको ऋण रकमको साँवा र ब्याज क्रमिक रूपमा चुक्ता गर्दै जाने बताइएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया