वजेट कार्यान्वयनलाई तिव्रता दिनुहोस: मुख्यमन्त्री शाही

७ बर्ष अगाडि

कर्णाली देशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गर्नुभएको छ । विषयगत मन्त्रालयका सचिवहरुलाई वुधवार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन गर्नु भएको हो ।

‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होईन ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो¬–‘प्रदेश सरकारको सोच वमोजिम जनताले अनुभुति गर्नेगरि परिणाममुखी काम गर्नुस ।’ 
६ वटै विषयगत मन्त्रालयका सचिववाट वजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखा परेका चुनौति र आगामी योजनाको व्रिफिङ्ग सुनिसकेपछि मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनको समयसिमा सहितको ठोस कार्ययोजना ३ दिनभित्र पेश गर्न निर्देशन गर्नुभयो । 

उहाँले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या सामाधान गर्नुपर्ने योजनाहरुको विवरण समेत पेश गर्न निर्देशन गर्नुभएको छ । 

प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरुले महत्वपुर्ण भुमिका खेलेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिनुभयो । ‘सरकार संचालन र संस्थागत गर्न तपाईहरुले ठुलो मेहनत गर्नुभएको छ, फाईल र कलम समेत आफैले किनेर जसरी मन्त्रालय चलाउनुभयो यसको मुल्याँकन ईतिहाँसले गर्नेछ’–मुख्यमन्त्री शाहीले भन्नुभयो । 

कर्मचारी समायोजन पछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्रीशाहीले समायोजनको चिठी हातमा नपरुन्जेल सम्म मन्त्रालयको काममा दत्तचित्तका साथलाग्न सचिवहरुलाई आग्रहगर्नु भयो । मुख्यमन्त्री शाहीले कर्णालीको नाङ्गो छाती र भोको पेट हेरेर राष्ट्रसेवक हुनुको कर्तव्य पुरा गर्न आग्रह गर्नुभयो ।
 
सचिवहरुले मुख्यमन्त्री शाही समक्षवजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाईएको, योजना छनौटको लागि सुचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौताभई कार्यान्वयन मागएको, कतिपय योजनाको सर्भे भईरहेको र कतिपय योजना छनौैटको चरणमा रहेको प्रगति विवरण पेश गरेका छन् । 

त्यसैगरि सचिवहरुले मन्त्रालयमा प्र्राविधिक जनशक्तिको अभाव रहेको, ऋण र आन्तरिक राजश्वमा रहेको वजेटको श्रोत सुनिश्चित नभएको लगायतका समस्या राखेका छन ।

७ बर्ष अगाडि

प्रतिक्रिया