निक्षेप संकलन घट्दा कर्जा लगानी स्थिर

४ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

उक्त निक्षेप एक अर्बले घटेको हो । फागुन १६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यस्तै बैंकहरूको कर्जा लगानी भने स्थिर रहेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया