काठमाडौं - नेपाल अडिटर्स एशोसिएसन (अडान) ले राज्यका बिभिन्न निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेटबाट मात्र गराउने ब्यवस्था हटाउन माग गरेको छ ।
अडानले उक्त ब्यवस्था विभेदकारी भएको भन्दै त्यसलाई तत्काल सच्च्याई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ भन्ने ब्यवस्था गर्न माग गरेको छ । अडानको बैठकले छैठौं राष्ट्रिय महाधिवेशन २०७९ जेठ २० र २१ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले लेखापरीक्षकहरुमाथि भएगरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मुल्य बृद्धि कम गर्न तीनवटै तहकासरकारको ध्यानाकर्षण गराएको छ । अडानले जनसरोकारका१७ बुँदे बिशेष प्रस्ताबहरु पारीत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया