प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से, ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ । आज प्रि ओपन सेसनमा ९ स्टकको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया