घरायसी विवादको क्रममा मृत्यु, अभियुक्त पक्राउ

७ बर्ष अगाडि

कैलाली – टिकापुर नगरपालिका-६ लक्षिनापुर बस्ने २२ वर्षीय छोरा राजु चौधरीसँग सोमबार बेलुका घरायसी विवादको क्रममा बेहोस भएका ३८ वर्षीय बाबु जितबहादुर चौधरीको मंगलबार बेलुका मृत्यु भएको छ । 

विवादको कारण छोरा राजुले धकेल्दा ढोकामा ठोक्किन गई बेहोश भएका जितबहादुरलाई टिकापुर अस्पताल लगेकोमा थप उपचारको लागि नेपालगंज रिफर गरे पनि घरमै ल्याई राखेको अवस्थामा मृत्यु भएको हो । 

छोरा राजु चौधरीलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया