काठमाडौं - आज साताको पहिलो दिन आइतबार स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो ।
गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो ।
पहिलो कारोबारको लागि कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
प्रतिक्रिया