३ लाख ८५ हजार बढि नगदसहित ३० जना जुवाडे पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - तीन लाख ८५ हजार तीन सय ३० रुपैयाँसहित जुवातास खेल्नेहरू पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी नगदसहित जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जना रहेका छन् । एकबहादुर रानाको टहराभित्र जुवातास खेलेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया