छ्याङ्दी हाइड्रोपावरको ८ लाख ३३ हजार कित्ता हकप्रद शेयर बाँडफाँट, फागुन २३ बाट आवेदकहरुको बैंक खातामा पठाइने

४ बर्ष अगाडि

काठमाडौं - छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ । 

कम्पनीले पुस २० गतेसम्मका कायम शेयरधनीहरुका लागि माघ ११ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गरेको थियो । 

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिने २८ हजार ३११ जना शेयरधनीलाई ८ लाख ३३ हजार १९१ कित्ता शेयर फागुन १९ गते बाँडफाँट गरिएको हो ।

कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम फागुन २३ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ ।  
v

४ बर्ष अगाडि

प्रतिक्रिया