शिभम् सिमेन्टले आईपिओ जारी गरेको ३ वर्ष पुरा, आजबाट शेयर बिक्री गर्न पाउने

४ बर्ष अगाडि

काठमाडौं - शिभम् सिमेन्टले आजबाट संस्थापक शेयर बिक्री गर्न पाउने भएको छ । कम्पनीले आईपिओ जारी गरेको आज तीन वर्ष पुरा भएपछि शेयर बिक्री गर्न पाउने भएको हो । 

२०७५ साल फागुन २२ गते आईपिओ बाँडफाँड गरेको उक्त कम्पनीको आजबाट लाखौं कित्ता शेयर बिक्रीका लागि खुल्ला भएको छ । आईपिओ जारी गरेपछि तीन वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने व्यवस्था आजबाट हटेको छ ।

कम्पनीको सात करोड ८५ लाख ३८ हजार ५०० रुपैयाँ बराबरको सात लाख ८५ हजार ३८५ कित्ता शेयर आयोजना प्रभावितहरुलाई वितरण गरिएको थियो । यस्तै दुई लाख २० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । उक्त सबै शेयर आजबाट बिक्री खुल्ला भएको छ ।

तीन वर्ष पुगेसँगै कम्पनीको तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको तीन करोड ८७ लाख २० हजार कित्ता संस्थापक शेयर बजारमा बिक्रीका लागि योग्य भएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया