जानकी फाइनान्सको स्थगित साधारण सभा आज, कति प्रतिशत लाभांश ?

४ बर्ष अगाडि

काठमाडौं - जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा आज बिहान ११ः३० बजे गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा सुरु हुनेछ । 

कम्पनीले यस भन्दा अगाडि फागुन ७ गते साधारण सभा बोलाएको थियो । तर, गरेकोमा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो ।

सभाले १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आर्थिक २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बन्द गर्ने गरेको थियो । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया