उपकार लघुवित्तले माग्यो अधिकृतसहित विभिन्न पदमा कर्मचारी, कहिले दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै  विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

सार्वजनिक सुचना अनुसार कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनु पर्ने छ । 

आवेदन कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर र कम्पनीको शाखा कार्यालय मार्फत दिन सकिने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया