लेखापरिक्षक नियुक्ति र पारिश्रमीक अनुमोदन गर्न प्रोग्रेशिभ फाइनान्सले फेरी बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले यसअघि स्थगित वार्षिक साधारण सभा फेरी बोलाएको छ । 

 फाइनान्सको २५औं वार्षिक साधारण सभा चैत्र १६ गते, बुधबार ज्यापु प्रज्ञा भवन, भोलगाणेश, ललितपुरमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरू पारित गर्ने छ । 

यस्तै आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

फाइनान्सले साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया