काठमाडौं - गत माघको अन्तिम साता आईपीओ बिक्री गरेको इमर्जिङ नेपाल लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आजबाट कारोबार आउने भएको छ ।
यो कम्पनीको आईपीओ शुक्रबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृतसँगै आजबाट कारोबारमा आउने भएको हो । नेप्सेमा यो कम्पनीको संस्थापक समूहको ५० लाख ४०० कित्ता र सर्वसाधारण समूहको ५ लाख ५५ हजार ६०० कित्ता गरी कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत भई पहिलो कारोबारका लागि यो कम्पनीले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतममा ३१५.३३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ । यदि स्पेसल प्रि–ओपन सेसनमा तोकिएको रेन्जभित्र सेयर किनबेच भएमा नियमित समयका लागि यो कम्पनीको सेयर कारोबारमा आउनेछ ।
कम्पनीलाई नेप्सेले ईएनएल कारोबार संकेत प्रदान गरेको छ ।
प्रतिक्रिया