नेपाली बजारमा मार्च महिना भित्रन्दै कारेन्स भित्रले, मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि किया गाडीको आधिकरिक वितरक कन्टिनेन्टल ट्रेडिङले मार्च महिना भित्रै किया कारेन्स ल्याउने तयारी गरेको छ । यस अघि नेपाली बजारमा भित्रिएको किया सोनेट र सेल्टोसले नेपाली ग्राहकको मन जितिसकेको छ ।

किया ‘कारेन्स’को एक्सेटेरियर भाग तर्फ उत्कृष्ट डिजाइन गरिएको छ। बाहिरबाट हेर्दा निकै आकर्षक देखिने यो गाडीमा भर्टिकल स्प्लीट एलइडी हेडल्याम्प,स्लीक टाइगर नोज फ्रन्ट ग्रिल र एलइडी फगल्याम्प सहितको फिचर उपलब्ध गराइएको छ ।

कियाले यो गाडीलाई चालक र यात्रुको सुरक्षाका तर्फ पनि ध्यान दिएको छ । जसमा कियाले यो गाडीमा सुरक्षाको हिसाबले अब्बल बनाउन फ्रन्ट बम्परमा समेत सेन्सर दिएको छ ।

नयाँ डिजाइनको अलोय ह्वील, पछाडि र्याप अराउण्ड एलइडी टेललाइट,स्पोर्टी रुफ स्पोइलर र क्रोम फिनिसिङ सहितको पछाडिको बम्परले क्रेन्सलाई उत्कृष्ट बनाएको छ । त्यसैगरी गाडीको भित्री भाग पनि उतिकै सुन्दर र भव्य बनाएको छ ।

१२।५ इन्चको एलसिडी इन्ट्रुमेन्ट क्लस्टर, फ्ल्याटबटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सिट, एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरव्याग जस्ता महत्वपूर्ण फिचर दिइएको छ।

कम्पनीले यसलाई ६ र ७ सिट क्षमतामा उपलब्ध यो गाडी विभिन्न १२ भेरियन्टमा भारतीय बजारमा सार्वजनिक भएको कारेन्समा तीन इन्जिन अप्सन उपलब्ध रहेको छ।

मूल्यका हिसावले कारेन्स निकै उत्कृष्ट रहेको चर्चा भारतीय बजारमा चलेको छ। भारतीय बजारमा ८ लाख ९९ हजारदेखि १६ लाख १९ हजारसम्म मूल्य तोकिएको छ।

नेपाली बजारमा यो गाडी आउदा नेपाली बजारमा किया कारेन्स ४५ लाखदेखि ७५ लाखसम्ममा सबै भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ।

यो गाडीले टाटा सफारी, महिन्द्रा एक्सयुभी ७००, एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया