माईपे वालेट प्रयोग गर्दा १ लाखको दुर्घटना बीमा

३ बर्ष अगाडि

काठमाडौं - डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको माईपेले नेपाल मै पहिलो पटक वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।

माईपेका अनुसार ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको बताएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माइपे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना माइपे मार्फत न्यूनतम १ रुपैयाँ हजारको कारोबार भएको हुनुपर्छ । 

यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएस मार्फत गराइनेछ कम्पनीले प्रस्ट पारेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया