नेप्सेमा हिमालयन जनरल र नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो । 

हिमालयन जनरल इन्स्योरेन्स 
नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको ६.६५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय ३० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स
नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले शुक्रबार कम्पनीको १९ प्रतिशत बोनस शेयर पश्चत मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५७ रुपैयाँ १४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया