एक कम्पनीको आईपीओसहित ८ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको सेयर सूचिकृत भएको, पाँच बैक दई इन्स्योरेन्स र एक कम्पनीको आईपीओ गरी जम्मा ८ कम्पनीको सेयर सूचिकृत भएको हो । 

१. इमर्जिङ नेपाल
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । 

२. सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस बापतको २८ लाख ७३ हजार ८ सय ७६ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । 

कम्पनको पौष १९ गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।

३. प्रिमियर इन्स्योरेन्स 
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको माघ २१ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

४. सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस बापतको ५१ लाख ९४ हजार ७ सय ९६.९६३९ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । 

बैंकको पौष ३० गते सम्पन्न भएको वार्षिक साधारणले बैंकको चुक्ता पूँजीको ५.७५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने नगद गरी कुल ६।०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको थियो ।

५. गरिमा विकास बैंक
गरिमा विकास बैंकको ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नेप्सेमा सूचीकृत भएको छ । अंकित मूल्य १००० कायम भएको १० लाख कित्ता ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । 

६. प्राइम कमर्सियल बैंक
नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा  बैंकको आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । 

७. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । 

८. कृषि विकास बैंक
कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया